दशैंका लागि चीनका च्याङ्ग्रा आज काठमाडौं भित्रिँदै


काठमाडौं, असोज २३ । दशैंलाई लक्षित गरेर व्यवसायीले आजदेखि खसीबोका र भेडाच्याङ्ग्रा काठमाडौं ल्याउने भएका छन् । व्यवसायीले चीनबाट ल्याएका भेडाच्याङग्रा आज काठमाडौं आइपुग्ने जनाएका छन् ।

आज बेलुकीसम्म काठमाडौं कलंकीस्थित खसीबजारमा भेडाच्यांङग्रा ल्याइने नेपाल माछा मासु व्यवशायी संघका अध्यक्ष रमेश खड्गीले बताएका  छन । यसबर्ष काठमाडौं उपत्यकामा १० देखि १५ हजारसम्म भेडाच्यांग्रा खपत हुने व्यवसायीको अनुमान छ ।

पहिलो चरणमा आज बेलुकीसम्म झन्डै पाँच हजार भेडा च्यांङग्रा खसीबजारमा ल्याइने खड्गीले बताएका छन । भेडा च्यांङग्राको मूल्य भने भोली निर्धारण गरिने खड्गीले जानकारी दिएका छन ।

अघिल्लो बर्ष भेडा ६ सय ५० रुपैया र च्यांङग्रा ७ सय रुपैया प्रतिकेजीमा बिक्री भएको थियो । यस बर्ष पोहोरको तुलनामा प्रतिकेजी ५० देखि १ सय रुपैया सम्म महंगे पर्नसक्ने व्यवसायीले बताएका छन् ।

छिमेकी देश भारत र चीनबाट यस बर्ष ६० देखि ७० हजार को हाराहारीमा खसीबोका भित्रने व्यवसयीले अनुमान गरेका छन् । भोली घटस्थापनाको दिनदेखि भने खसी बोका र च्याङग्रा धमाधम भित्रनुका साथै मूल्य तोकेर विक्रि वितरण सुरु हुने माछामासु व्यवसायी संघका अध्यक्ष खड्गीले बताएका छन ।  

यसमा तपाइको मत