अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं, असोज २३ । दिनहुँ महंगिदै गएको अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोकेको छ ।

यो अहिलेसम्मकै उच्च हो । हिजो एक डलरका लागि विनिमय दर १ सय १८ रुपैयाँ ३३ पैसा थियो । सन् २०१८ सुरु भएपछि बलियो बन्दै गएको डलरको विनिमय दर पछिल्लो समय हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

राष्ट्र बैंकले अजक लागि एक अमेरिकी डलरको खरिददर भने १ सय १८ रुपैयाँ २० पैसा तोकेको छ । यो पनि अहिलेसम्मकै उच्च हो । १ जनवरी २०१८ मा एक अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर १ सय २ रुपैयाँ ५० पैसा थियो ।

त्यसपछि लगातार नेपाली रुपैयाँ डलरसँग कमजोर बन्दै गएको छ । भारतीय मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदै गएको र नेपालको भारतीय मुद्रासँग स्थीर विनिमय दर रहेका कारण त्यसको प्रत्यक्ष असर नेपाली रुपैयामा पनि परेको हो ।

यसमा तपाइको मत