मेक्सिकोमा हत्या आरोपमा एक जोडी पक्राउ


मेक्सिकोमा कम्तीमा १० व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । हत्या गरी उनिहरुले पीडितको शरीरका अंगलाई गाडीमा राखेर अर्को ठाउँमा लग्ने गरेको पाइएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पक्राउ परेपछि भएको सुनुवाइमा जोडीमध्येका पुरुषले मेक्सिको सिटीमा २० जना महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धानकर्ताहरूले जोडीको घर र नजिकैको अर्को घरमा शरीरका टुक्राहरू फेला पारेका थिए ।

शरीरका अंग बाल्टिनहरूमा सिमेन्टका साथ फ्रिजभित्र राखिएको जनाइएको छ । यो जोडीले शरीरका अंगहरू बेच्ने गरेको अभियोजन वकिलहरूले लगाएपनि किन्ने व्यक्तिहरूको बारेमा भने केहि थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत