रणवीरको घरमा पुगिन् दीपिका


दीप‍िका पादुकोण र रणवीर स‍िंह इटालीमा विवाहको कार्यक्रम सकेर भारत फर्केका छन् । आइतबार बिहान ९ बजे मुम्बई एयरपोर्टमा झरेका उनीहरुलाई ठूलो संख्यामा उपस्थित प्रशंसकहरुले स्वागत गरेका थिए ।

मुम्बई झरेलगत्तै दीपिका रणवीर सिंहको घरमा प्रवेश गरेकी छन् । दीप‍िका अब रणवीरसँग मुम्बई स्थित उनको घरमा बस्नेछिन् । दीप‍िकालाई रणवीरको परिवारले विशेष रुपमा स्वागत गरेका छन् ।

रणवीरको घरपुगेलगत्तै दीप‍िका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरेका छन ।

रणवीरको घरमा दीप‍िका पुग्दा त्यहाँको माहोल हेर्न लायक थियो । उनी हातमा मेहन्दी, शिरमा रातो स‍िन्दूर, रातो चुरा र रातै दुपट्टा ओढेर ट्रेड‍िशनल लुकमा देखिएकी थिइन् ।

रणवीर स‍िंहले सेतो कलरको कुर्ता पाइजामा र प‍िंक ज्याकेट लगाएका थिए । दीप‍िकाको स्वागत रणवीरका आमा बुवा र बहिनीले गरेका थिए ।

यसमा तपाइको मत