पप्पु कन्स्ट्रक्सनमाथि नयाँ खरिद प्रक्रिया (ठेक्का) मा भाग लिन नपाउने गरी प्रतिबन्ध


काठमाडौं । सरकारले विभिन्न भौतिक संरचनाको निर्माणमा गम्भीर लापरवाही गरेको आरोप लागेको पप्पु कन्स्ट्रक्सनमाथि नयाँ खरिद प्रक्रिया (ठेक्का) मा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना निकालेर पप्पु कन्स्ट्रक्सनमाथि नयाँ ठेक्का प्रक्रियामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

सिक्टा सिँचाइ आयोजनाले कालोसूचिमा राख्न भनी पठाएका पत्र तथा त्यसमा रहेका कागजातको अध्ययन गर्दा तत्काल पप्पु कन्स्ट्रक्सनलाई अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी हुने र देश विकासमा बाधा हुने देखिएकाले तत्कालका लागि प्रतिबन्ध लागएको सूचनामा उल्लेख छ ।

पप्पुका गतिविधि जनताको जीवनस्तरमा नराम्रो असर पर्ने खालको देखिएकोले कार्यालयको कात्तिक ३० गतेको बैठकले कोस्टल–पप्पु जेभी, तीनकुनेलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम (२) बमोजिम कालोसूचि सम्बन्धी कारवाही प्रक्रिया टुंगो नलाग्दासम्मका लागि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत