चलचित्र सुश्री सम्पत्तिको ट्रेलर सार्वजनिक


चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दुई युवाले सुश्री सम्पत्तिको पछाडि लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ ।

ट्रेलरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन् । यिनकै वरपर फिल्मको कथा घुम्ने भएकोले ट्रेलर पनि यिनमै फोकस छ ।

पोष्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छन् ।

‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्र मंसिर २८ मा रिलिज हुँदैछ ।

यसमा तपाइको मत