आफ्ना माग पूरा नभए डा. केसी २ पुसदेखि आमरण अनसन बस्ने


काठमाडौं । प्राध्यापक डा. गोविन्द केसी आफूसँग भएको सहमति बमोजिमका माग पूरा गर्न नसकेको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन्। उनले आफ्ना माग पूरा नभए २ पुसदेखि आमरण अनसन बस्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन ।

उनीसँग भएको सहमति बमोजिक चिकित्सा शिक्षा विधेयक अघि बढाइएको भए पनि हालसम्म उक्त विधेयकले अन्तिम रुप पाएको छैन । केसीले आफूसँग भएको सहमतिहरू अक्षरस पालना नभए पनि आन्दोलनमा उत्रने बताएका छन् । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २०७५ साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन।

यसमा तपाइको मत