दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना, दुईको मृत्यु,छ जना घाइते


काठमाडौं । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उनका अनुसार आज बिहान ८ बजे जिप धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।

यसमा तपाइको मत