कोमल आलीसँग नारायणकाजीको बिहे !


काठमाडाैं, १२ मंसीर । नायारयणकाजी श्रेष्ठ नेकपाका प्रबक्ता हुन्, कोमल आली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुबै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेण्डामा छलफलनै नगरी अर्कोपटक बस्नेगरी स्थगित भएको छ ।

गत ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय हाई कमाण्डको बैठकमा प्रदेश कमिटीको पुर्णतापछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनसम्बन्धी एजेण्डा छलफलका लागि राखिएको थियो । तर, त्यस एजेण्डामा छलफल प्रवेश नै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतर्फ मोडिएको थियो ।

श्रेष्ठ र कोमल एउटै मञ्चमा रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले अविवाहित जोडीलाई कस्तो सुहाएको भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोल हाँसोठट्टातर्फ मोडियो । त्यसो त प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, र्इश्वर पोख्रेलदेखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए । यतिसम्म भयोकि अविवाहित काजीलाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसंगको चिनजानबारे समेत नेताहरुले जिज्ञासा राखेका थिए ।

त्यहीँ एउटा तस्विरको कारणले बैठकको एजेण्डामा छलफल गर्ने स्थिति नै बनेन । चियाको चुस्कीसँगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो पत्तो नभएको एक नेताले बताए । कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो र दुई अध्यक्ष पहिले कार्यविभाजनको गृहकार्य गर्ने सहमती पश्चात बैठक रमाइलो तिर मोडिएको र मुडनै रोमान्टिक भएर अन्त्य भएको एक सचिवालय सदस्यले बताए ।

बैठक पुन बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेण्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।
बुधबार साप्ताहिकबाट साभार

यसमा तपाइको मत