८ वर्षीय बालकको अपहरणपछि हत्या


काठमाडौं । काठमाडौँको मित्रनगरबाट ३ दिनदेखि हराइरहेका एक बालकको हत्या भएको छ । पर्वत घर भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो।

म्हैपीस्थित खोलामा कुँवरको शव बिहीबार दिउसो भेटिएको छ। मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्टहाउसका सञ्चालकका छोरा हुन् प्रयास ।

मंगलबार साँझ गेस्टहाउसबाटै प्रयास बेपत्ता भएका थिए। अपहरणपछि हत्या गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले स्वस्तिक गेस्टहाउसमै सवारीचालकको काम गर्दै आएका अन्दाजी २२ वर्षीय महेन्द्र सार्कीलाई पक्राउ गरेको छ।

यसमा तपाइको मत