जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने


काठमाडौं । जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युुत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई साधारण शेयर बिक्रीको तयारी गरेको थियो तर रसुवाका स्थानीय तह तथा जिल्ला समन्वय समितिले तत्काल आफूहरु साधारण शेयर खरीद गर्न नसक्ने अवस्था रहेको भन्दै बोर्डलाई विशेष अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा सामान्य संशोधन गरेको हो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले आफूहरुले सर्वसाधारणलाई शेयर बिक्री गर्ने गरी विवरणपत्र तयारीको क्रममा रहेको जानकारी दिएका छन ।

यसमा तपाइको मत