दाह्री नकाट्नेको तुलनामा काट्ने पुरुषको यौन जीवन सफल


एजेन्सी । अमेरिकामा केहि समयअघि एक सर्वेक्षण गरिएको थियो । हरेकदिन दाह्री काट्ने र नकाट्ने पुरुषबीच के अन्तर हुन्छ भनेर ।

सो अध्ययनबाट नयाँ तथ्य फेला परेको सर्वेक्षणमा संलग्न अनुसन्धानकर्ताहरुले बताएका छन् । सार्वजनिक भएको तथ्यअनुसार सातामा न्यूनतम ५ पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव ५ पटक यौनसम्पर्क राख्न सक्छन्, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य भने ७ दशमलव ८ मात्र रहेको जनाएको छ ।

सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम पनि राम्रोसँग गर्ने गरेको पाइयो ।

महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला र आकर्षक लाग्ने बताएका छन् ।

यसमा तपाइको मत