लगातार ओरालो लाग्दै माइक्रो फाइनान्स कम्पनीका शेयर


काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ ।

बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत सो समूहले भोग्नुपरेको छ । बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्जमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित रुपमा कारोवार गरिरहेका छन् । गत वर्ष उच्च बिन्दुमा रहेका ती कम्पनीका शेयर यस वर्षको मङ्सिर दोस्रो सातासम्म आइपुग्दा न्यून बिन्दुमा पुगेका हुन् ।

यस साताको कारोवार हुने अन्तिम दिन अर्थात् मङ्सिर १३ गतेसम्म शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार १४८ बिन्दुमा पुगेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका शेयर घटेर न्यूनतम ५०० को बिन्दुमा झरेका छन् । स्टकमा सूचीकृत आरम्भ माइक्रो फाइनान्सको पछिल्लो कारोवार प्रतिकित्ता रु ७१० मा भएको छ । प्रतिकित्ता रु ९६३ सम्म कारोवार भएको सो कम्पनीको शेयर ओरालो लागेको छ ।

यसमा तपाइको मत