हेड टु हेडबाट बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना भने बाँकी नै


मिस वर्ल्ड प्रतिस्पर्धामा रहेकी मिस नेपाल शृङ्खला खतिवडाले आफू हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सफल हुन नसकेकोमा अरु कसैलाई दोष नदिन आग्रह गरेकी छन् ।

अहिले चीनको सान्यामा रहेकी शृङ्खलाले आफ्नो इनस्टाग्राममा भिडियो सन्देश जारी गर्दै मिस सिंगापुरले योग्य भएर नै जितेकाले नेपालले जित्नु पर्थ्यो भनेर वा मिस सिंगापुरलाई गाली गर्ने तरिकाले कमेन्ट नगर्न आग्रह गरेकी हुन् । भोटतर्फ शीर्ष २० मा पुगेकी शृङ्खलालाई समग्रहमा शीर्ष ३० मा पुग्नका लागि हेड–टू–हेड च्यालेन्ज जित्नु पर्ने थियो ।

तर त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।

हेड–टू–हेड र ब्यूटी विथ पर्पज दुई भिन्न विधा रहेको र हेड–टू–हेडले ब्यूटी विथ पर्पजको निर्णयमा कुनै असर नपर्ने उनले उल्लेख गरेकी छन् । यस्तै टप ३० मा पुग्नका लागि मल्टिमिडिया बिधाको सम्भावना पनि रहेकोछ ।

अझै पनि टप ३० का लागि १७ वटा स्थान बाँकी रहेकाले आफू आशावादी रहेको उनले उल्लेख गरेकी छन् । राम्रो गर्न सक्ने ठाउँ भए पनि गर्न नसकेको उनले उल्लेख गरेकी छन् ।

तोकिएको समय सीमाका कारण आफू बढी त्यसमा फोकस भएकाले केही कमजोरी भएको हुन सक्ने शृङ्खलाले उल्लेख गरेकी छन् । आफ्नो भिडियो हेरेपछि आफूले राम्रो गर्न सक्ने ठाउँ थाहा भएको उनले उल्लेख गरेकी छन् ।

उनले सन्देशमा आफूलाई केही गर्न मन रहेको बताएकी छन् । एक व्यक्तिको शक्तिमा आफूले विश्वास गर्ने बताउँदै गर्दा उनका आँखा रसाएका छन् । उनले भनेकी छन्, ‘यो अन्त्य होइन, अझै सम्भावना छ । आश छ ।’

यसमा तपाइको मत