रानीपोखरी पुनःनिर्माणका लागि प्राविधिक क्षमता परीक्षण हुँदै


काठमाडौं । रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरेरनगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्÷होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध भएपछि केही महीनाअघि कामपाले पुनर्निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो । दोस्रो पटक आह्वान गरिएको बोलपत्रमा दुईवटा निवेदन प्राप्त भए पनि मागअनुरूप नरहेकाले पछिल्लो पटक बोलपत्र खुल्ला गरिएको हो । प्राविधिक क्षमता परीक्षण सकिएछि आर्थिक मूल्याङ्कन गरी आगामी पुसको पहिलो सातादेखि पुनर्निर्माणको काम शुरु हुने कामपा प्रमुख विद्यासुन्दर शाक्य जानकारी दिएका छन ।

यसमा तपाइको मत