मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


काठमाडौं । काठमाडौँबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ जाँदै गरेको बा ९४ प ५५७६ नं को मोटरसाइकल रोशी गाउँपालिका–११ पिप्लेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय देवराज खत्रीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । सडकबाट २० मिटर तल रोशी खोलामा खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत