मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौं । तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३०प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिएका छन ।

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो ।

यसमा तपाइको मत