संसदको अर्थ समितिको बैठक कोरम नपुगे पछि स्थगित


काठमाडौं । संसदको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। समितिका अधिकांश सदस्य अनुपस्थित रहेपछि निवृत्तिभरण विधेयकमाथि छलफल गर्नका लागि मंगलबार बिहान ११ बजे आह्वान गरिएको बैठक स्थगित भएको हो।

बिहान ११ बजे समितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, रामकुमारी झाँक्री र अन्य एक सदस्य मात्रै उपस्थित थिए।

बैठक बस्ने–नबस्ने अन्यौल रहेका बेला अर्थमन्त्री डा। युवराज खतिवडा पनि उपस्थित भए। ११ बजेर १० मिनेटतिर उपस्थित भएका खतिवडाले विधेयकमाथि सरकारको धारणा प्रस्तुत गरेका थिए।

त्यसपछि आधा घण्टामा बस्ने गरी स्थगित भएको बैठक पुनः २ बजे बसेको थियो। उक्त बैठकमा जम्मा ८ जना सदस्य भेला भएका थिए।

बैठकमा विधेयक संशोधनकर्ता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ब्रिफिङ गरे। अर्थ समितिमा २७ जना सदस्य रहेका छन्।

यसमा तपाइको मत