१५ दिन भित्र चार जना न्यायाधीश सिफारिस गर्न सर्वोच्चको परमादेश


काठमाडाैं । सर्वोच्च अदालतले संवैधानिक इजलाश अवरुद्ध भएको भन्दै चार जना न्यायाधीश सिफारिस गर्न परमादेश जारी गरेको छ ।

सम्पत्ति, रोजगारी तथा श्रमजस्ता मौलिक हकको रक्षा गर्न बनेको संवैधानिक इजलाशमा निरन्तर सुनुवाइ गर्न चार जनाभन्दा बढी न्यायाधीश सिफारिश गर्न आदेश दिएको हो । डेढ न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलाशले संवैधानिक इजलास निरन्तर सुनुवाइ गर्नका लागि आदेश पाएको १५ दिनभित्र चार जनाभन्दा बढी न्यायाधीश सिफारिश गर्न परमादेश दिएको हो ।

संविधान बमोजिम संवैधानिक इजलाशमा प्रधानन्यायाधीश सहित पाँच न्यायाधीश हुनेछन् । कुनै न्यायाधीश अवकाश पाए वा कसैको स्वार्थ जोडिएको मुद्दा भए इजलाशमा सुनुवाइ नै नहुने भएका कारण सिफारिसमा परेका अन्य न्यायाधीशलाई राखी सुनुवाइ प्रक्रिया अगाडि बढाउन सकिने पूर्ण इजलाशको ठम्याइ छ । हालसम्म न्यायपरिषद्ले सर्वोच्च अदालतका चार जना न्यायाधीशलाई मात्र उक्त इजलाशमा सिफारिस गर्ने गरेको छ ।

यसमा तपाइको मत