सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको विशेष सुविधा कटौती हुन्छ : मन्त्री पण्डित


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्त भित्र कर्मचारी समायोजनको सबै काम सकिने दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संघीयता कार्यान्वयनको अवस्थाबारे बुझ्न आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले पुस मसान्तभित्र कर्मचारी समायोजनको काम पूर्ण हुने बताएका हुन ।

उनले विधेयकबारे छलफल जारी रहेको तर पुस मसान्तभित्र जसरी पनि कर्मचारी समायोजनको कामले पूर्णता पाइसक्ने दाबी गरेका छन । उनले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई विशेष सुविधा कटौती गर्ने बताएका छन ।

‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानै पर्छ, नजाने कर्मचारीको सुबिधा कटौती हुन्छ, सरकारको निर्देशन नमान्ने कर्मचारीले घर गए हुन्छ’, मन्त्री पण्डितले भने ।

उनले प्रदेश लोकसेवा आयोग नबनेसम्म केन्द्रबाटै कर्मचारी खटनपटनको काम गर्ने बताएका छन ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संघीयता कार्यान्वयनको अवस्थाबारे बुझ्न आयोजना गरेको छलफलमा सामान्य प्रशासन मन्त्री पण्डितसहित अर्थमन्त्री युवराज खतिवडा र कानुन मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए ।

यसमा तपाइको मत