वाइडबडी खरिद प्रकरणमा पर्यटनमन्त्री अधिकारीप्रति सांसदहरु आक्रोशित


काठमाडौं । वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गम्भीर नभएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीप्रति सांसदहरु आक्रोशित भएका छन्।

बुधबार संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिन बोलाइएका मन्त्री अधिकारीले वाइडबडी खरिद प्रक्रियामा अनियमितिता नभएको र यस विषयमा लेखा समितिले सहयोग गर्नुपर्ने भनाइ राखेपछि उनीप्रति सांसदहरुको आक्रोश पोखिएको हो ।

सांसदहरुले मन्त्री अधिकारीलाई ‘तपाईँले कत्ति पनि गम्भीरता प्रकट गर्नुभएन’ भन्दै आक्रोश पोखेका थिए।

‘लेखा समितिमा आएर विद्यार्थी नेताको जस्तो भाषण गरेर हुन्छ ? तपाईको पद अनुसारको जिम्मेबारी लिन सक्नुपर्छ कि पर्दैन?’ सांसद ह्दयेश त्रिपाठीले भने, ‘लेखा समितिले सहयोग गर्नुपर्‍यो भनेको के हो ?’

यसमा तपाइको मत