खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइयो


काठमाडौ‌ । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाइएको छ । अनियमिततामा मुछिएको र प्रभावकारी काम गर्न नसकेको भन्दै प्रसादलाई जिम्मेवारीबाट हटाइएको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले प्रसादलाई जिम्मेवारी मुक्त गरेकी हुन। प्रसादलाई मन्त्रालयसँग समन्वय नगरेको, घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको आरोप लगाइएको छ ।

भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ अनियमितता गरेको लगायत आरोप छ । अहिले मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई खानेपानी संस्थानको महाप्रवन्धकको जिम्मेवारी दिने निर्णय समेत भएको बताइएको छ ।

यसमा तपाइको मत