श्रम तथा उपभोक्ता हित समितिमा चार उपसमिति गठन


काठमाडौ‌ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चार उपसमिति गठन गरेको छ । सरकारको काम कारवाहीलाई सुक्ष्मरुप हेर्ने गरी उपसमिति गठन गरिएको हो । समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति, उपभोक्ता हित उपसमिति, श्रम र रोजगार उपसमिति र सार्वजनिक संस्थान उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिलाई बढीमा एक वर्षको समय तोक्ने कार्यादेश दिइएको छ ।

५र५ जना सदस्य रहने उपसमितिलाई आफ्नो कार्यविधि आफै बनाउने कार्यादेश दिइएको छ । समितिले आ–आफ्नो क्षेत्रको स्थलगत अवलोकन समेत गरी समितिमा प्रतिवेदन पेश गर्नेछ । बैठकमा समितिका सदस्यले सरकार र संसदको कामलाई प्रभावकारी बनाउनेगरी उपसमिति गठन गर्नु पर्ने बताएका थिए । उपसमितिलाई आवश्यक अध्ययन, अनुसन्धान गरी समितिको कामलाई प्रभावकारी बनाउन पनि सचेत गराइएको छ ।

यसमा तपाइको मत