प्रदेश २ को नामाकरण र राजधानीका लागि सुझाव संकलन सुरु


वीरगञ्ज । प्रदेश २ को राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन गरिएको अयोगले काम सुरु गरेको छ ।

४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बुझाउने जिम्मा पाएको संवाद तथा सुझाव आयोगले गठन भएको ४० दिनपछि काम सुरु गरेको हो ।

गत कात्तिक ११ बसेको मन्त्रिपरिषदको बैठकले नीति आयोगका उपाध्यक्ष समेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र राम प्रवेश बैठा सदस्य छन् ।

राजधानी र नामको विषयमा प्रदेश २ मा विवाद छ । जसका कारण प्रदेश सरकारले यसलाई टुंगो लगाउन सकेको छैन ।

यसमा तपाइको मत