विधायन व्यवस्थापन समितिद्वारा पेश भएका विधेयक अध्ययन गर्ने कार्यविधि तय


काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकको अध्ययन गर्ने कार्यविधि तय गरेको छ ।

समितिको आजको बैठकले ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान कार्यविधि, २०७५ मा छलफल गर्दै समितिमा पेश भएका विधेयकको मात्रै अध्ययन गर्ने निश्कर्ष निकालेको हो । विधेयक अध्ययनमा संसद सचिवालयका पदाधिकारी र समितिका कर्मचारी पनि परिचालन गर्ने छ ।

विज्ञलाई पनि विधेयक अध्ययनको छलफलमा सहभागी गराउने व्यवस्था पनि कार्यविधिमा राखिएको छ । बैठकका समितिका सदस्यले संविधान प्रतिकूल रहेका कानून संशोधनका लागि सरकारलाई सचेत गराउनु पर्नेमा पनि जोड दिएका छन् ।

कार्यविधिमा ऐनहरुबीच देखिएको दोहोरोपना हटाउन आवश्यक कार्य गर्ने पनि उल्लेख छ ।

यसमा तपाइको मत