भारत र चीनबीच व्यापार युद्धको खतरा !
त्रिशुलीखबर
March 11, 2019


 ग्लोबल टाइम्स । भारत र चीनबीच व्यापार युद्धको खतरा बढेको छ । भारतले चीनबाट आयात हुने सोलार लगायतका सामाग्रीमा कर बढाउने प्रस्ताव गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आएको हो ।

चीनले भारतीय कदमप्रति असन्तुष्टि जनाएको चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतीय वाणिज्य विभागले चीनबाट आयात हुने सोलार लगायतका सामाग्रीमा २५ प्रतिशत कर लगाउन सिफारिस गरेको थियो ।

चीन विरुद्ध अमेरिकाले शुरु गरेको ट्रेड वारमा संसारका विभिन्न देश सहभागि भैरहेका बेला भारतले पनि चीन विरुद्ध कदम चाल्न थालेको छ ।

चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले अमेरिकासंगै भारत पनि ट्रेड वारमा सामेल हुनु उसका लागि जोखिम युक्त कदम भनेको छ । चिनियाँ सेन्टर फर इनर्जी इकोनोमिक्स रिसर्चका निर्देशक लिन बोकियांगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्नु भारतका लागि हितकर नहुने बताएको छ । वाणिज्य विभागको प्रस्ताव भारत सरकारले भने अझै अनुमोदन गरेको छैन ।

भारत चीनसंगको व्यापार घाटा कमगर्न लागि परेको छ । अघिल्लो वर्षमात्रै भारतले चीनसंग झण्डै ७० अर्ब डलर बराबरको घाटा खाएको छ ।

टिप्पणी लेख्नुहोस्