लोकगायक लामिछानेको निधन
त्रिशुलीखबर संवाददाता
December 28, 2018


भक्तपुर,पुस १३ । बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जानकारी दिएकी छन।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’‘, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’‘, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’‘।जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन।

टिप्पणी लेख्नुहोस्