बेथान वीरता , इतिहासको सम्झना र सम्झनामा दिलमाया बोम्जन : नेत्र मोक्तान (सचेत)
त्रिशुलीखबर
January 2, 2019


नरुनु आमा लडदामा लड्दै डलेको छोरालाई सम्झेर,
बेदनाको आँसु पुछ्नुहोस आमा कठोर बनेर।
बेथानको चौकिमा धावा उसले बोल्दा
नेपालै रोयो नि उ त्याहाँ ढ्ल्दा।।
नेपाली धर्तिमा मालेमाको बैचारिक आलोकमा संचालित जनयुद्धको १० महिना १९ दिनमा पुर्बको रामेछाप बेथान गाबिसको पानीघाट स्थित प्रहरी चौकिमाथि माओवादी छापामार दस्ताको एक टुकडीले शसस्त्र धावा बोल्यौ । आजै जस्तो लाग्छ समय कति छिटो दौडिसके २०५३ सालको पौष २० गते बिहान जुल्केघामसंगै हेलिकप्टरले लखनपुरको तिमालडाँडालाई फनको मार्दै बेथान तिर हुईकिदै गरेको याद । देशब्यापिरुपमा जनयुद्धको धक्काले आतंकित राज्यसत्ताको ससस्त्र प्रहरी चौकिमाथी धावा बोली हातहतियार सबै लगेको यश घट्नाले राज्यसत्ताको सुरक्षामाथी गम्भीर धक्का लाग्यौ । माओवादी जनयुद्धलाई भने यस सफलताले अरु फौजी सफलताको ढोका खोल्न र नयाँ फौजी रणनीतिका निम्ति एक कोशेढुंगा स्थापना भयो । यस एतिहासिक सफलताले दुश्मनको पंक्तिमा आफ्नो सत्ता असफलताको ठूलो संकेत गर्यौ। यस इतिहासिक मोर्चाले जनयुद्धको त्यस अबधिमा निकै ठूलो चर्चा र परिचर्चा बटुल्यौ। पुरानो सत्तामाथी जनताको जितलाई यश मोर्चा सुनिश्चित छ भन्ने कुराको समेत खुल्ला गर्यौ। यश अर्थमा समेत यो बेथान मोर्चा एतिहासिक रह्यौ।

यसम मोर्चामा हाम्रो माओवादी छापामार दस्ता तर्फका त्यस मोर्चाका मुल कमान्डर कमरेड तिर्थ गौतम सहित कमरेड दिलमाया बोम्जन र फत्तबहादुर स्माली समेत गरि तीन जना होनहार योद्धाहरुले जीवन बलिदान दियो। यसरी आफ्नो जिबनको बलिदानका लागि पछि नपरी उक्त मोर्चालाई सफल पार्नु हुने सहिद कमरेडहरु आज नेपालको यो परिवर्तनको मुल हकदार हुनुहुन्छ । उहाँहरुलाई हामी नसम्झिरहन सक्दैनौं र उहाँहरुको त्यो अमुल्य रगतको बलिदानले आज नेपाल बिस्वसामु नयाँ राजनीतिक परिवर्तन र घटनाहरुबाट अघिबडिरहेको छ । यसैगरी यश मोर्चामा सहभागी भएर मृत्युलाई जित्दै लडाइँको बिचमै आफ्नो कमान्डर र सहयोद्दहरु गुमाएर भएपनी मोर्चालाई उच्च तबरले सफलता तुल्याउने योद्धाहरुको पहल कदमी पनि एक उच्च प्रकारको प्रेरणादायी रहेको छ। उहाँहरु प्रती पनि आज पार्टीले उच्च सम्मान व्यक्त गर्न सक्नुपर्दछ। यसरी यो एतिहासिक बेथान मोर्चा जनयुद्धकोको इतिहासको एक अबिस्मरनिय मोर्चा हो। यस मोर्चाको सफलता पछी राज्यसत्ता चौतर्फी बौलाहा कुकुर झै देश ब्यापि दमनमा उत्र्यौ।

जति दमनले जनताका बिद्रोहलाई रोक्न खोजेपनी अन्तत जनताको संगठित बिद्रोहले एकपछी अर्को राजनीतिक र फौजी सफलताका आधारहरु तय गर्दै हजारौं जनताको गोलबन्द सहित जनयुद्ध रणनीतिक रक्षा ,रणनीतिक सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमनको योजना हुदै बृहत शान्ती सम्झौता बाट शान्तिपुर्ण राजनीतिक प्रतिस्पर्धामार्फत परिवर्तनका उपलब्धिहरु नेपाली धर्तिमा नयाँ मौलिकता सहित नयाँ युगतर्फ प्रवेश गरेको छ। संबिधानको घोषणापछि नयाँ राजनीतिक परिस्थितिमा देशलाई स्थिरता र समृद्धि दिनका लागि परिवर्तनका मुल संबाहक शक्ति दुई मुख्य कम्युनिस्ट पार्टी बिचको एकता सहित नयाँ राजनीतिक ध्रुवीकरणमा प्रवेश गरिरहेको छ। यसरी देशको राजनीतिक परिवर्तनलाई मार्गदर्शन गर्न अहम भुमिका बेथान मोर्चा र एतिहासिक जनयुद्धको रहेको छ। यस अर्थमा बेथान मोर्चा नेपालको समाजबाद उन्मुख संबिधानका जननी हो।

संबिधानमा नेपाली जनताले प्राप्त गरेको अधिकारहरुको प्रत्येक अंशमा ती शहिदहरुको रगतको छिट्टाहरु छन। जस्ले युग युगसम्मको परिवर्तनलाई मार्गदर्शन गरिरहने छ। त्यसैले आउदै गरेको एतिहासीक बेथान वीरताको सन्दर्भमा त्यस मोर्चाका शहिदहरुलाई उच्च सम्मानकासाथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु। सहभागी सम्पुर्ण योद्धा तथा नेताहरुमा हार्दिक सम्मान सहित अभिनन्दन प्रकट गर्दछु।बेथान वीरता आउदै गर्दा त्यस मोर्चाकि सहिद कमरेड दिलामायाको सम्झना मेरो मानस्पटलमा आईरहन्छ। जनयुद्धको तिब्र बिकाससंगै २०५३को मंसिर महिनाको सुरुतिर मैले कमरेड दिलमाया बोम्जनलाई मेरो स्कुलमा भेटभएको थियो।अखिल (क्रान्तिकारी)को ८औ जिल्ला सम्मेलनका लागि कमरेड रमेश ढुंगेलसंग मेरो बिध्यालयमा भेटहुदा कमरेड दिलमाया पार्टीमा पुर्णकालिन भैसक्नु भएको रहेछ। यसपछी भने उहाँलाई श्री कालिका माबिको प्राङ्गणमा ८ औ जिल्ला सम्मेलनकै घोषणा सभामा मन्चमा गित गाउदै गरेको मात्र देख्न पाए। उक्त जिल्ला सम्मेलनपछि पौषको १९ गते भएको त्यस एतिहासिक बेथान मोर्चामा उहाँ कमरेड दिलमाया बोम्जनको शाहदत भएको रहेछ। उक्त खबरले म आफू निकै मर्माहित भए। क्रान्तिको लागि बलिदान अनिबार्य हुन्छ। उहाँले आफ्नो जिबनको बलिदान गरि त्यस मोर्चामा पार्टी र आन्दोलनको लागि एक नयाँ अबिभारा सहित उच्च राजनीतिक जिम्मेवारी पूरा गर्नुभयो। रामेछापको साबिक लखनपुर गाबिसको वाड नं ४ कामागाँउमा जन्मिएको दिलमाया बोम्जनले रामेछापका जनयुद्धका गुरु कमरेड बाबुराम लामा, आफ्नै मामा पाल्देन लामा,आफ्नै दाजु प्रेमसागर लामा,नेता रमेश ढुंगेल ,डन्डु तिवारीहरुबाट राजनीतिक प्रेरणा लिए।दिलमाया एक अनुशासित,गम्भीर स्वभावकि देखिनु हुन्थ्यौ।

गहुँ गोरो,अग्लि र पातलो शरीर कि दिलमाया बोम्जनसंग त्यहि बिध्यालयको प्रशिक्षण कार्यक्रमको भेट नै अन्तिम भेट भयो।दिलमाया कलिलो एला जोबन ,दुष्ट से साईजिम परवा दा राङ,एला कलिलो का ठाम्सी सुनापती शैलुङ ल्हाहा बाम्जी।एउटा कलिलो उमेरमा आफुलाई देश र जनताको मुक्तिका खातिर जीवन बलिदान गर्न तयार हुनु आफैमा एक साहसिक कदम हो।यहि कदम मार्फत युगौको सामन्ती दासता तोड्नका लागि कमरेड दिलमाया बोम्जनले आफुलाई माओबादको आलोकमा जनयुद्धमा जीवन होमाऔ न तयार हुनुभयो र दुश्मनको चौकी धावा बोल्दै पार्टी र क्रान्तिको जिम्मेवारी पूरा गर्ने क्रममा सहिद हुनु भयो। आज कमरेड दिलमायाको यहि बिचारलाई अनुसरण गर्दै उहाँका समकक्षी कमरेडहरु उहाँको बाटोमा अघि बडिरहेका छ्न। रामेछापबाट जनयुद्धको दौरान थुप्रै महिला योद्धाहरु क्रान्तिमा होम्मिए र रामेछाप गोठागाँउकी अनुपा,दोरम्बा कि सरस्वती योन्जन,दोरम्बाकै बिना मगर,लखनपुर पुँडिटारकी रबिना बिकले विभिन्न मोर्चामा शहादत प्राप्त गर्नु भयो।कमरेड दिलमायाले बेथानको मोर्चामा साहदत प्राप्त गरि एक प्रेरणायि भुमिका खेल्नु भयो जनयुद्धमा महिला सहभागीताका निम्ति।आमा टीका देबि लामा र बुबा खडग बहादुर लाम को कोखमा जन्मिएका दिलमाया बोम्जन ले गाउँकै श्री बुद्देस्वर प्राबि तिमालडाँडा बाट पठन पाठान सुरु गर्नुभएको थियो। पछि दिलमायाले श्री कालिका माबी रिष्ठेबाट एस एल सि पास गर्नु भयो। आज उहाँ दिलमायाका सम्पुर्ण परिवार पार्टीमा संगठित हुनुहुन्छ ।

जनयुद्धकै क्रममा दाजु प्रेमसागर र भाइ धर्मसागर लामा पार्टीमा पुर्णकालिन भै पार्टीका विभिन्न जिम्मेवारीमा कृयाशिल हुनुभयो। जनयुद्धका कयौं कार्यक्रमहरुमा मैले बिध्यालयबाट दिलमाया कि आमालाई पार्टी नेताहरुसंग भेटघाट र आमसभाहरुमा लगेकी छु। त्यस बेला आमा भन्नुहुन्थ्यो छोरिको रगत बग्यौ,पार्टीले राम्रो गरोस अब त्यही हेर्ने बिचार छ । हो आज ती आमाको काखबाट चँडिएको त्यो कलिलो मुटुले देशको मुहार फेरेको छ। जनतालाई बर्षौ बर्षसम्म शोषण गरेर टिकिरहेको सामन्ती सत्ताको महल ढलेको छ।जनताबाट आफ्नो शासन सत्ताको फैसला आफै गर्ने दिनको सुरुवात भएको छ। शहिदका सपनाहरू नेपालको राजनीतिक सतामा प्रतिबिम्बित भएको छ। त्यसकारण दिलमाया कि आमाको खुशी लुट्नेहरुका दिन गएको छ। यस अर्थमा आमा तपाईं र तपाईंको परिवार प्रती फेरि पनि हार्दिक सम्मान र अभिनन्दन व्यक्त गर्दछु। आमा तपाईंलाई नभेटेको नि करिब २बर्ष पूरा हुँदै छ। समय र परिस्थितिले भेट नभए नि हामी तपाईंसंगै छौ।

सहिद दिलमायाका सपनाहरूमा छौ।क्रान्तिको नयाँ र मौलिक बाटोमा तपाईं हामिसबैको क्रान्ति नायकको कासनमा लामबद्द छौ। शहिदका रगतहरुले रोपिएको यो परिवर्तनको बोट अब कहिल्यै मर्ने छैन।अब यो परिवर्तनको मार्गमा लाखौ लाख अघि बडिसके आमा । त्यस मोर्चाका सहिदहरुलाई फेरि पनि एकपटक श्रद्धासुमन ब्यक्त गर्दै भोलि पौष १९गतेलाई युग परिवर्तनको निम्ति एक उज्यालो दिनको रुपमा स्मरण गरौ। परिवर्तनका लागि युगौ युग अघि बडिरहने संकल्प हामी सबै पार्टीका नेता र कार्यकर्ताहरुले गरौ ।।सहिद परिवारप्रती हार्दिक सम्बेदना प्रकट गरौ।

वीरताको गाथा ईतिहासमा तिम्रो कहिल्यै मेटिन्न,
युगौ युगसम्म बाँचिरहन्छ तिमी कहिल्यै मर्दैन।
त्यो शैलुङ अनि त्यो चौरिखोला महाभरत लेखले,
बिर्सन्न कहिल्यै त्यो तिम्रो रगत बगेको माटोले।
बेथान वीरता —अमर रहोस् । सहिद तिफदी —अमर रहोस् ।।महान जनयुद्ध —जिन्दावाद ।।।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)— जिन्दावाद ।।।

लेखक

टिप्पणी लेख्नुहोस्