‘रोजी’का रात्री जीवनहरू
त्रिशुलीखबर
January 23, 2019


काठमाडाैं । ठमेल आसपास बसेर मानिसको खोजिमा अर्थात् ग्राहकको खोजिमा हुने रोजीको उमेर २५ पुगेको छ। उनको वास्तविक परिचय भने अर्कै छ। युवती जस्तै सुन्दर देखिने र यौन व्यवसायलाई रोजीरोटीको उपाय बनाएकी रोजी झट्ट हेर्दा जो कोही मोहित बन्छ। उनको सुन्दरता नै उनको पारिश्रमिकको मापन हो। उनको काम भने अलि अप्राकृतिक छ। उनलार्इ कामबारे बताउन लाजलाग्छ। किनकी उनी दैनिकजसो मानिसहरूको याैन इच्छा पुरा गर्न अप्राकृतिक याैन कार्यमा संलग्न हुन्छिन्। रोजी भन्छिन्, ‘काम अलि असहज भएपनि, यो मेरो लागि सेवा हो।’

सँधै मालदार ग्राहक भेटिँदैनन्। ठमेलतिर भने पैसा खर्च गर्ने विदेशी भेटिन्छन्। त्यसबेला चाहिँ मालामाल भइन्छ। रोजी अलि अावेगको भावमा भन्छिन्,‘नेपालीले त हेयको दृष्टीले हेर्छन्। रेगुलर अाउने केही नेपाली छन्, उनिहरूलार्इ मात्र सेवा दिन्छु।’

काठमाडौंको रात्रीबजारमा अवैधानिक यौन व्यवसाय फस्टाउँदो छ। बजार मात्र बढेको छैन, सेवा दिन तैयार समूह पनि बढ्दो क्रममा छ। याैन कार्यमा पनि फरक स्वाद लिने अर्थात् अप्राकृतिक याैन कार्य गर्न रूचाउने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको उनको अनुभव छ।

रोजी तेस्रोलिंगी हुन्। निरक्षर छन्। गाउँमा ‘हिंजडा’ भनेर हेप्न थालेपछि राजधानी छिरेको पनि १० बर्ष भइसक्यो। एकजना गाउँकै मानिससँग १५ बर्षकै उमेरमा काठमाडौं भित्रिएकी रोजी अाजकल निक्कै व्यस्तछिन्। उनलार्इ यो शहर चिन्न ४ बर्ष लाग्यो। उ बेला छाक टार्न मःमः पसलमा काम गर्नेदेखि होटलमा भाँडा माझ्ने कामसमेत उनले गरे। त्यहाँ राम्रो आम्दानी नहुँदा सँधै अभावको जिन्दगी जिउनु परेको उनको भनार्इ छ। त्यसपछि सहज, रमाइलो र मनग्य अाम्दानी हुने रात्री बजारमा उनी प्रवेश गरिन्। त्यसयता उनले हजाराैंलार्इ अप्राकृतिक यौन ‘सेवा’ दिइसकेकी छिन्। उनी धकनमानी भन्छिन्,‘अहिले हामीजस्ता हजारभन्दा बढी तेस्रोलिंगी काठमाडौंका विभिन्न चोक-गल्लीमा यही पेशाको सहारामा बाँचेका छन्।’

राजनैतिक परिवर्तन अाएपनि सामाजिक तहमा नआएको परिवर्तनका कारण तेस्रोलिंगीहरू यौन व्यापारमा लाग्न बाध्य भएका छन्। उनीहरू दिवा, रात्री तथा कन्ट्याक्टमा होटल, लज तथा सडकमा देखिन बाध्य पारिएका छन्। उचित अवसर र पूर्ण अधिकार नपाउँदा अहिलेपनि रोजगारीका लागि अवसरहरू नपाउने तथा समाजमा निर्धक्कपूर्वक हिंडडुल गर्न समेत अप्ठेरो रहेको उनिहरूको भनार्इ छ। रोजीका साथी मानवी भन्छिन्, ‘मदिराले लठ्ठ भएका अत्यन्त हिंस्रक मानिससँग मुखमैथुन गर्न हामीलार्इ मन हुँदैन तर के गर्नु केही पैसाका लागि हाँसीहाँसी यस्तो गर्न परिरहेको छ।’ आफ्नै बासस्थानमा पनि अप्राकृतिक मैथुनमा सक्रिय हुने गरेको उनी बताउँछिन्।

काठमाडौंमा गर्जो टार्न पीडा सहेरै भए पनि गुजारा चलाउने तेश्रोलिंगी तथा समलिंगीहरू प्रसस्त छन्। आयस्रोतको मुख्यआधार भनेकै अप्राकृतिक मैथुन हो भन्छिन् रोजी। कतिपयले भने झुक्याउने र काम सम्पन्न भएपश्चात पिसाब फेर्नुछ भनि भाग्ने गरेको अर्का समृद्धी नामक व्यक्ति बताउँछिन्। सँधै सुन्दर नदेखिए ग्राहक भाँडिने र उनिहरूलार्इ पट्याउन पनि मेकअप तथा राम्रा बस्त्रमा सजिनु पर्ने उनको भनार्इ छ। समृद्धी भन्छिन्, ‘मेकअप तथा कपडाका लागि नै हाम्रो खर्च धेरै हुन्छ, खर्च धान्न मुश्किल छ।’

रत्नपार्ककको सस्तो मोलमोलाईदेखि ठमेलको महँगो प्रस्ताव, पव र बारमा ग्राहकको पर्खाई र आम्दानीको मेलोमेसो खोज्ने काममा उनीहरूको समूह सक्रिय छ। ठमेल, जमल, चाबहिल, गौशाला, चक्रपथ, नयाँ बसपार्क ‘अप्राकृतिक मैथुन’का लागि परिचित थलो हुन्।

किन देह व्यापार अंगालेको अन्य फरक पेशा गरेको भएपनि हुन्थ्यो भन्ने प्रश्नमा उनिहरू भन्छन्, ‘यो पेशा रहरले कहाँ अंगालेका हाैं र, हामीलार्इ राम्रा अफिस तथा ठूला उद्योगहरूले काम दिंदैनन् बरू अन्य कामदारलार्इ बिगार्छन् भनेर पो लखेट्छन्।’ प्रितम भन्छन्, ‘हामी रातीराती यो चिसोमा सडकमा अाउनुको कारण इज्जतले गर्दा हो, दिउँसो अाफ्नो परिचय बोकेर हिंड्दा समाजले हेप्ने अनि राती अन्य समाजका मान्छेहरूले नदेख्ने।’

कानुनले सबैलार्इ समान अधिकार दिएको भन्ने सुनेका उनीहरूले वास्तवमा समानताको अनुभूत गर्न सकेका छैनन्। सरकार पनि तेस्रोलिंगी तथा समलिंगी मैत्री हुन नसकेको र समाज अत्यन्त अनुदार बनेको उनिहरू बताउँछन्।

याैनका लागि ठूला व्यापारी, प्रभावशाली व्यक्तिहरू, राजनीतिक दलका नेता, कलाकार अादि अाउने र उनिहरूलार्इ पूर्ण सन्तुष्ट बनाएर पठाउने गरेको ‘अान्टि’ नामक तेस्रोलिंगी बताउँछन्। उनी भन्छन्, ‘मैले धेरै चिरपरिचित व्यक्तित्वहरूसँग रात बिताएको छु, उनिहरूका आचरणहरूलार्इ राम्रोसँग बुझेकी छु। वास्तवमा उनिहरू ढोंगी हुन्।’ आफुजस्तालाई राज्यको मूलधारमा स्थापित गर्ने कानुनको व्यवाहारिक कार्यान्वयन नभएको देख्दा उनिहरू दुखी छन्। यो पेशाको विकल्प केही छैन, पैसा जम्मा पार्न सके जवानीपछि व्यापार व्यवसायमा लगाउन पाइने र अहिलेको रहर पनि मेट्न पाइने कारणले पनि अप्राकृतिक मैथुनमा लागेको तेस्रोलिंगीहरू बताउँछन्। उनीहरू भन्छन्,‘पछि सुखी हुन अहिले केही जोखिम त उठाउनै पर्छ !’

 

टिप्पणी लेख्नुहोस्