पूर्वयुवराज पारसलाई हृदयाघात
त्रिशुलीखबर
January 28, 2019


काठमाडौं, १४ माघ ।  पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि सोमवार नर्भिक अस्पतालमा भर्ना गरिएको छ । शाहको हाल आइसीयुमा उपचार भइरहेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले बताएका छन् ।

सिंहले भने, ‘दिउँसो ४ बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल ल्याइएको हो ।’  रिपोर्टहरू आइनसकेको सिंहले बताए ।

अस्पतालका अनुसार शाहलाई ४ बजेतिर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको अवस्थाका बारेमा भने चिकित्सकको रिपोर्टपछि मात्रै भन्न सकिने सिंहले बताए ।

पारस शाहका यसअघिका अार्काइभ फोटो

अस्पतालमा शाहका तीन बहिनीहरू उपस्थित भइसकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने हाल काठमाडाैं बाहिर रहेका छन् ।

पूर्व युवराज पारसलाई यसअघि सन् २००७ र सन् २०१३ मा पनि हृदयाघात भइसकेको छ ।

टिप्पणी लेख्नुहोस्