एक भारतीयले ‘इच्छा विपरित जन्माएको’ भन्दै बुबाअामालार्इ मुद्दा हाले
त्रिशुलीखबर
February 5, 2019


एजेन्सी । दुनियाँमा धेरै मानिसहरु आफ्नो जीवनलाई लिएर खिन्न छन् । कतिपय त यतिधेरै उदास छन् कि यो धर्तीमा किन जन्मिएको हुँला भनेर धिक्कार्छन् । तर, यो दुनियाँमा यस्ता केही मानिसहरु पनि छन् जसले आफू जन्मिएकोमा आफैंलाई धिक्कारेर मात्र बस्दैनन् जन्माउने बुबाआमालाई नै मुद्दा हाल्छन् ।

‘म मेरा बुबाआमालाई निकै माया गर्छु । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । तर, उनीहरुले आफ्नो स्वार्थका लागि मलाई जन्माएका हुन् ।’ यस्तो आरोप लगाउँदै आफ्ना बुबाआमालाई नै मुद्दा हाल्ने तयारी गरेका व्यक्तिको नाम राफेल सामुअल हो । आफ्नो अनुमतिविना नै बुबाआमाले आफूलाई जन्माएकोमा उनी रुष्ट छन् ।

भारतको मुम्बइमा बस्ने २७ वर्षीय राफेलका अनुसार उनको जीवनयापन राम्रैसँग चलिरहेको छ । तर, बच्चा जन्माउनु भनेको अपहरण र दासता हो भन्ने उनलाई लागेको छ । ‘मैले बुझ्न सकेको छैन कि म एक अर्को जिन्दगीलाई स्कुल-करिअर आदिको झमेलामा किन फसाउँ’, उनी भन्छन् ।

राफेल एन्टी नटालिज्मका समर्थक हुन् । उक्त दर्शन मान्नेहरु जन्मको विरुद्धमा हुन्छन् । यस सिद्धान्तअनुसार बच्चा जन्माउनुको अर्थ कसैको इच्छा विपरित उसमाथि जिन्दगी थोपर्नु हो । राफेलका अनुसार मानिसमा बच्चा नजन्माउने र आफ्ना बुबाआमासँग आफूलाई किन जन्माएको भनेर सोध्ने अधिकार हुनुपर्छ ।

यस विषयमा एउटा आन्दोलन पनि छ । जसले बच्चा नजन्माइकन बाँच्नका लागि प्रेरित गर्छ । सो आन्दोलनको नाम भोलुन्टरी ह्युमन एक्सटींगसन मुभमेन्ट हो ।

टिप्पणी लेख्नुहोस्