भन्सालीको फिल्ममा सलमान र साहरुख एकसाथ
त्रिशुलीखबर
March 7, 2019


टाइम्स अफ इन्डिया । बलिउड सुपर स्टार सलमान खान र शाहरुख खान पुन: एकसाथ पर्दामा देखिने भएका छन् । यी दुई बलिउड स्टार संजय लीला भन्सालीको प्रोजेक्टमा अनुबन्धित भएको खबर टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ ।

चिसिएको सम्बन्धका कारण चर्चामा रहेका यी दुई स्टार यसअघि फिल्म ‘जिरो’को एक गीतमा सँगै देखिएका थिए । फिल्म ‘हम तुम्हारे है सनम’ मा भने दुवैको मुख्य भूमिका थियो । यो अत्यन्त सफल मानिएको फिल्म हो ।

भन्सालीको नयाँ फिल्ममा दुवैको महत्वपूर्ण र प्रमुख भूमिका रहने बताइएको छ ।

शाहरुखको जिरोपछि नयाँ फिल्म घोषणा भएको छैन भने सलमानको ‘इद २०१९’ रिलिज टार्गेट रहेको फिल्म ‘भारत’ छायांकनको अन्तिम चरणमा छ ।

टिप्पणी लेख्नुहोस्