प्रमोद खरेलको ‘मायाँको घर’को भिडियो सार्वजनिक
त्रिशुलीखबर
March 7, 2019


काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मायाँको घर’ सार्वजनिक भएको छ ।

तारा अधिकारीको शब्द रहेको यस गीतमा उमेशराज खड्काको संगीत रहेको छ । गीतका एरेन्जर किरण कंडेलले हुन् ।

मायाँको घर बोलको गीतको म्यूजिक भिडियो निर्माण भएको छ । यस गीतलार्इ रमेश थापाले निर्देशन गरेको हुन् ।

भिडियोमा मरिष्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीको अभिनय रहेको छ । शिव ढकालले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

म्यूजिक भिडियोः

टिप्पणी लेख्नुहोस्