फेसबुका संस्थापक मार्क जुकरवर्गलाई पछि पार्दै, एक युवती
त्रिशुलीखबर
March 8, 2019


एजेन्सी । अमेरिकी टेलिभिजन स्टार केली जेनर कुनैबेला विश्वकै सर्वाधिक सेक्सी युवतीको सूचीमा थिइन् । उनी अहिले विश्वकै सबैभन्दा कान्छी अर्बपति बनेकी छिन् । उनको उमेर २१ बर्षको मात्र छ ।

केली खासमा अमेरिकी रियलिटी टिभी स्टार हुन् । किम कार्दशियनकी बहिनी हुन् । फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको २०१९ को अर्बपतिको सूचीमा केली परेकी छिन् ।

केलीले सन् २०१६ मा केइली कस्मेटिक्सको स्थापना गरेकी थिइन् । उनको कम्पनीले करिब ९० करोड डलरको सम्पत्ति आर्जन गर्न सफल भइसकेको थियो । केली फोब्र्सको अर्वपतिको सुचीमा परेको यो नै पहिलो पटक हो । यससँगै उनलाई फोब्र्सलेसबैभन्दा कम उमेर तथा ‘सेल्फ मेड’ धनी महिलाको उपाधी दिएको छ ।

धनाड्य हुनुको कारणः

केलीले विगत तीन वर्षदेखि केलीले अनलाइन तथा विभिन्न ऐपमार्फत आफ्नो कस्मेटिक प्रोडक्टस विक्री वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसँग सम्झौता गरेपछि २९ डलरमा विक्री वितरण हुँदै आएको उनको कस्मेटिक एक हजारभन्दा बढी स्टोरमा विक्रि वितरण हुँदै आएको छ ।

ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब छ हप्तामै केली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच सय ४० लाख अमेरिकी डलर बराबरको आफ्नो उत्पादन विक्री वितरण गर्न सफल भएको थियो ।

त्यसयता केलीले आफ्नो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भैसकेको छ ।

केइली कम्पनीकी मालिक केली स्वयं हुन् भने जम्मा २९ डलरको लिपिस्टकबाट कारोबारको सुरुवात गरेकी उनले कम्पनीको मूल्य नब्बे करोड डलर रहेको अनुमान रहेको छ ।

एक तथ्यांकअनुसार उनको आयमा यसरी नै बढोत्तरी भइरहने हो भने उनी अबको तीन वर्षमा विश्वकै धनी महिलाको सुचीमा पर्नेछिन् । उनले फेसबुका संस्थापक मार्क जुकरवर्गलाई समेत पछि पार्नेछिन् । मार्क जुगरवर्ग २३ वर्षको उमेरमा नै कम उमेरका विश्वका धनी अरबपतिमा पर्न सफल भएका थिए ।

उनको कम्पनीमा हाल सात जना कर्मचारी फुल टाइमरका रुपमा कार्यरत छन् भने पाँच जनाले पार्ट टाइमरको रुपमा काम गरिरहेका छन् । उक्त कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ्ग गर्ने काम भने सिड व्युटीले गर्दै आएको छ । त्यसको विक्रीवितरण तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ। कम्पनीको फाइनान्सको जिम्मा उनकी आमा क्रिषले गर्दै आएकी छिन् ।

कमाइको माध्यम सोशल मिडियाः

प्रोडक्टको मार्केटिङ सोशल मिडियामार्फत गर्दै आएको केली बताउँछिन्, जहाँ उनको लाखौ फलोअर्स छन् ।

‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसले गर्दा मैले केही कुरा सुरु गर्नुअघि नै त्यो कुरा लाखौ जनतासम्म पुगिसक्छ’, केलीले भनेकी छिन् ।

अल्ट्रा र केलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केलीले महंगोदेखि सस्तो सामाग्रीहरू बिक्री गर्दै आएका छन् । विश्लेषकहरुका अनुसार केली केस्मेटिकले बालबालिका देखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरीद नगर्नेहरुको पहुँचमा समेत केली पुग्न सफल भैसकेका छन् ।

अल्ट्राले केलीको विक्रीवितरणमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सयभन्दा बढी स्टोर छ । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आफ्नो उत्पादन बजारमा लैजान अतिरिक्त उपाय अपनाउनु परेको छैन ।

‘केलीले एक करोड मानिसहरु समक्ष पुग्न सफल हुनुमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलेको छ । उनले अनलाइनमार्फत राम्ररी काम पनि गरिरहेकी छिन् । तर, अनलाइनले उनलाई पुर्‍याउन सक्ने भनेको त्यहिँसम्म मात्र हो ।

एक वर्षको अवधीमा केलीले आफ्नो उत्पादन शून्यबाट ३०७ करोड अमेरिकी डलर पुर्‍याउन सफल भएको छ । गत वर्ष नौ प्रतिशतबाट बढेर यो ३०७ करोड अमेरिकी डलरमा पुग्न सफल भएकोमा ०१७ र ०१८मा यो केवल एक अंकले मात्र वृद्धि भएको थियो । सन् ०१७ मा ३० वटा नयाँ प्रोडक्ट सार्वजनिक गरेकी थिइन् जसमा कन्सिलर, मेकअप ब्रश सहित केलीको प्रोडक्ट रहेको थियो । सन् २०१८ मा विभिन्न रङसहित यस्ता प्रोडक्ट बजारमा ल्याइएको थियो ।

हाल केलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ ।

टिप्पणी लेख्नुहोस्