धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजनामा गायकद्धय सत्य–स्वरुप जोडिए
त्रिशुलीखबर
March 8, 2019


काठमाडौं । नेपालका चर्चित सेलिब्रेटी धुर्मुस–सुन्तली कलाकारितामा मात्र नभएर सामाजिक सेवामा पनि उत्तिकै कहलिएका छन् । अझ पछिल्लो समय निक्कै महत्वकांक्षी परियोजना गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अाफुहरूले बनाउने घोषणा गरेपछि त उनिहरूलार्इ सरसहयोगको अोइरो लाग्न थालेको छ ।

निक्कै ठूलो धनराशी अावश्यक पर्ने उक्त परियोजना निर्माण अभियानमा सघाउन नेपालका चर्चित गायकद्धय सत्य–स्वरुपराज आचार्य पनि जोडिएका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको रङ्गशालाका लागि गीत उपहार दिँदै सत्य–स्वरूप पनि अभियानमा जोडिएको सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए ।

सत्य–स्वरुपले उक्त परियोजनाका लागि क्रिकेट खेलसँग सम्बन्धित गीत उपहार दिएका हुन् ।

‘युद्धको मैदान’ नामक बोलको गीतलाई सत्य–स्वरुप आफैले शब्द–संगीत–स्वर भरेका छन् ।  धुर्मुस–सुन्तलीको अफिसियल युट्यूब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

हेर्नुहोस् भिडियोः

टिप्पणी लेख्नुहोस्