चर्चित नायिका निरूता सिंह गम्भीर बिरामी
त्रिशुलीखबर
March 9, 2019


काठमाडाैं, २४ फागुन । नेपाली रजतपटकी चर्चित नायिका निरूता सिंह गम्भीर बिरामी पर्नु भएको छ । उहाँ डेंगुको शिकार भएको उनको पारिवारिक श्रोतले बताएको छ ।

उहाँको अहिले मुम्बर्इस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

एक हप्ताअघि नेपालगञ्ज पुग्दा नायिका सिंहलार्इ डेंगुले समातेको बताइएको छ । सिंहको स्वास्थ्यस्थिति विग्रन नदिन चिकित्सकबाट अधिकतम प्रयास भइरहेता पनि उनको स्वास्थ्य भने पूर्ण सुधार भइनसकेको बताइएको छ ।

निरूताको स्वास्थ्यस्थिति बारे अनुप भट्टरार्इले अाफ्नो फेसबुकवालमा पोष्ट गरेका छन्…

टिप्पणी लेख्नुहोस्