आर्यन सिग्देल र सपनाका ‘बेबी बम्प’ तस्विर सार्वजनिक
त्रिशुलीखबर
March 10, 2019


काठमाडौं । चकलेटी हिरो आर्यन सिग्देलले पत्नी सपना भण्डारी सिग्देलसँग फोटोसेसन गरेका रोमान्टिक तस्विरहरू सार्वजनिक गरेका छन् । सपनाले पहिलो सन्तानलाई जन्म दिँदैछिन् ।

आइतबार सपनाले ‘बेबी बम्प’ देखाउँदै श्रीमान् आर्यनसँगका रोमान्टिक तस्विरहरु आफ्नो फेसबुकमा सार्वजनिक गरेकी हुन् ।

दुबै अत्यन्त खुशी देखिएका छन् । सपनाले तस्विरसँगै क्याप्सनमा अगाडि लेखेकी छिन्, ‘कसैसँग यति धेरै प्रेम गर्न कसरी सम्भव छ ? मलाई कहिल्यै थाहा थिएन कि एक मोटो पेट यति धेरै सुखद हुन्छ ।

अार्यनसँग उनको विवाह २०७१ साल बैशाखमा भएको हो । उनले लेखेकी छिन्, ‘२०७१ साल मेरा लागि खास थियो, जसले मेरो जिन्दगी बदलियो । अब , २०७६ सालको बैशाख अझ खास हुनेछ, जसले हाम्रो जिन्दगी बदलिनेछ ।’

अार्यन र सपनाका तस्विरहरूः

टिप्पणी लेख्नुहोस्