बेहुलाले रक्सी खाएपछि बिहे भयो रद्द
त्रिशुलीखबर
March 12, 2019


बिहार, भारत । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहेमण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।

रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह हुँदै थियो ।

बेहुलीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्नेसमेत पत्तो रहेनछ । बिहेमण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

नातेदारहरुका अनुसार, बिहेमण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामा थिएनन् । बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन् ।

त्यही भएर, बेहुलीले मण्डप छाडेर हिँडिन् ।

दुबै परिवारले बिवाहका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर, उनी सहमत भइनन् । अन्त्यमा, गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएनन् ।

भारतको बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि मदिराका कारण यस प्रकारका हर्कतहरू भइरहने प्रहरी अधिकारीहरू बताउँछन् ।

टिप्पणी लेख्नुहोस्