‘यो सरकार कसले चलाएको छ ?’: चर्चित नायिका रेखा थापा
त्रिशुलीखबर
March 13, 2019


काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी एक सफल र चर्चित नायिका रेखा थापाले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध नाजायज भएको धारणा सार्वजनिक गरेकी छिन् ।

उनले अाफ्नो फेसबुक स्टाटसमा ‘यो सरकार कसले चलाएको छ ?’ भन्दै प्रश्न गरेकी छिन् ।

मन्त्रिपरिषद् बैठकले हिजो मात्र नेकपालार्इ राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको बताएको थियो ।

रेखा थापाले यस्तो हर्कत जवर्जस्ती युद्ध थोपर्ने मनसायबाट भएको हुनसक्ने अाशंका पनि गरेकी छिन् । उनले स्टाटसमा लेखेकी छिन्, ‘देशभक्त विप्लवमाथि प्रतिबन्ध र सीके राउतलार्इ अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ?’ उनले अगाडी लेखिन्, ‘यसको प्रतिवाद हुने निश्चित छ ।’

रेखा थापा यसअघि पूर्वप्रधानमन्त्री तथा हाल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तात्कालिन नेकपा माअोवादीकी एक जुझारू कार्यकर्ता थिइन् । तात्कालिन ६ दिने अाम हडतालमा रेखा र प्रचण्डको नाँचको बयान अहिले पनि हुनेगर्छ । अाम हडतालका बीच भद्रकालीमा ‘कि लाउ मायाँ मै तिर कि लाउ उहि तिर, मायाँ नलाउ दुर्इ तिर’ बोलको गीतमा कर्मर मर्काइमर्काइ गरेको डान्स अहिले पनि उत्तिकै चर्चामा छ ।

यसपछि २७ मंसीर, २०७३ मा ‘जनताको लागि जुट्ने भनेको माओवादीले जनतालाई सम्बोधन गर्न सकेन’ भन्दै अब प्रचण्डभन्दा कमल थापा ठिक हुन् भनि राप्रपामा प्रवेश गरेको बताएकी थिइन् । उनी लामो समय राप्रपा भर्इरहन सकिनन् । बीचमा पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागे पनि अहिले उनी त्यस पार्टीमा निश्क्रिय जस्तै छिन् ।

उनलार्इ नजिकबाट चिन्नेहरू भन्छन्, ‘खासमा रेखा थापा क्रान्तिकारी तथा तिव्र परिवर्तनको अाकांक्षा राख्ने नायिका मध्येकी हुन्, उनी यथास्थितिमा रमाउन सक्दिनन् । र, उनी बढी नै महत्वकांक्षी पनि छिन् ।’

 

टिप्पणी लेख्नुहोस्