कृष्ण राउतको नयाँ गीत ‘तिमी कहाँ जान्छौ’
त्रिशुलीखबर
March 14, 2019


काठमाडौं । कृष्ण राउतको नयाँ गीत तिमी कहाँ जान्छौको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र प्रेमीका बिचको गहिरा प्रेममा आधारीत उक्त गीतको शब्द/संगित स्वयम गायक राउत आफैको रहेको छ । राउत एक सफल व्यवसायिक हुन् । आफ्नो ब्यवसायको अलावा नेपाली गीत संगीतलाई पनि उत्तिकै महत्व दिन्छन् । पछिल्लो समय नेपाली समाजमा घटित विभिन्न घट्नालाई समेटिएका र मनोरञ्जनात्मक गीतहरु क्रमश बाहिर ल्याउने तयारीमा लागेको पनि गायक कृष्ण राउतले बताए ।

गहिरो मायामा बाधिएर पनि छुट्टीएर टाढा बस्नु पर्दाको पिडालाई विगतका रमाइला दिनहरु सम्झदै दिन बिताउनु पर्दाको क्षणलाई कलाकारहरु नमिता राई, युवराज पाण्डे र युवराज वस्तीको अभिनयले गीतलाई जीवन्त दिएको छ । उक्त म्यूजिक भिडियोको छायाँकन नरेश ऐरले गरेका हुन् । राजु श्रेष्ठले निर्देशन गरेको भिडियोको सम्पादन जीवन सेन्चुरीले गरेका हुन् ।

भिडियो

टिप्पणी लेख्नुहोस्