७३७ म्याक्स मोडलको सबै जहाजको उडानमाथि रोक
त्रिशुलीखबर
March 14, 2019


काठमाडौ, ३० फागुन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमाथि रोक लगाएको छ ।

अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने रोक लगाइएको हो ।

एयरलाइन्सको विमान दुर्घटनासम्वन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको बिषयलाई लिएर बोइङ्गले सबै उडान तत्कालका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार इथियोपियनको राजधानी अदिसअबाबबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो । दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो ।

यो घटनालगत्तै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए ।

भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा यो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।

टिप्पणी लेख्नुहोस्