‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक
त्रिशुलीखबर
March 16, 2019


काठमाडौं । नेपाली चलचित्रका अहिलेका चलेका नायक अनमोल केसी र चर्चित नायिका झरना थापाकी पुत्री सुहाना थापा अभिनित चलिचत्र ‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक गरिएको छ ।

गीतमा सुगम पोखरेल र प्रविषा अधिकारीको युगल स्वर रहेको छ भने लोक क्षेत्रमा यसअघि नाम कमाइसकेका गीतकार एक नारायण भण्डारीको शब्द रचना गरेका हुन् ।

नेपाल तथा अमेरिकाका विभिन्न रमणीय स्थलहरु समेटिएको यस गीतमा अनमोल–सुहानाको जोडीलार्इ निक्कै प्रभावकारीरूपमा प्रस्तुत गरिएको छ । रोमान्टिक मुडमा फिल्माङ्कन भएको गीतलार्इ सबैले रूचाउने निर्माण टिमले बताएको छ ।

गीतलार्इ आशिष अविरलले संगीत गरेका छन् ।

सांगीतिक लभस्टोरी भनी प्रचार गरिएको यस चलिचत्रमा सुहानालार्इ अनमोलले पच्छ्याउँछन् । सुहानाको फ्यानको रुपमा देखिएका अनमोल निक्कै चकलेटी देखिएका छन् ।

यस फिल्मलार्इ नायिका झरना थापाले निर्देशन गरेकी हुन् भने उनकै श्रीमान् सुनिलकुमार थापा यसका निर्माता हुन् । फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

झरना र सुमन पौडेलको कथामा निर्माण भएको चलचित्रका अन्य गीतहरूमा कल्याण सिंह, कोशिष क्षेत्री, प्रतिक पौडेल र आशिष अविरलले संगीत भरेका छन् । रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गरेको छन् भने सञ्जय लामाले छायाङ्कन गरेका छन् । चलिचत्र ए मेरो हजुर ३ लाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

 

टिप्पणी लेख्नुहोस्