‘दाल भात तरकारी, तरकारीमा मुला’ बोलको गीत सार्वजनिक
त्रिशुलीखबर
March 16, 2019


काठमाडाैं । मह संचारको व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’को दोस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको शीर्ष गीत रिलिज गरिएको हो ।

‘दाल भात तरकारी’ बोलको गीतमा शम्भुजीत बस्कोटाको संगीत भरेका छन् । हरिवंश आचार्यको रचना रहेको उक्त गीतमा राजेश पायल राई र स्मिता दाहालले स्वर दिएका छन् ।

चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा रहेका छन् । प्रविण सिंहको कोरियोग्राफी रहेको उक्त गीतमा पुष्प र आँचलले निकै राम्रो नाँचेका छन् । निक्कै रोमान्टिक गीतमा हरिवंश र निरुता सेफको भूमिकामा छन् ।

सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् भने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाललगायतको अभिनय रहेको छ ।

चलचित्र वैशाख २० गते प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

‘दाल भात तरकारी, तरकारीमा मुला’ बोलको गीत (भिडियो):

 

टिप्पणी लेख्नुहोस्