बिहे हुनका लागि केटीहरु मोटाउनै पर्ने देश
त्रिशुलीखबर
March 18, 2019


एजेन्सी । युवतीहरु जिउ स्लिम बनाउन वा जिरो फिगर कायम गर्न अनेक उपायहरु अपनाउने गर्छन् । तर, यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ युवतीहरु आफ्नो जिउ मोटो बनाउनका लागि तछाडमछाड गर्छन् ।

त्यो देश हो, अफ्रिकाको मौरिटेनिया । यहाँको परम्परा नै यस्तो छ ।

अविवाहित तर दुब्ला युवतीहरुलाई बिवाह गर्न हम्मेहम्मे पर्छ । किनकी, पुरुषहरुले बिहेका लागि मोटी युवतीहरु मन पाराउँछन् ।

त्यहाँका केटीहरुले आफ्नो जिउ मोटो बनाउनका लागि पौष्टिक र उच्च क्यालोरीयुक्त खानेकुराको ‘डाइट चार्ट’ नै फलो गर्छन् । दिनमा १६ हजार क्यालोरीसम्म खानेकुरा खाने गर्छन् ।

परिवारले पनि बढी खाएर जिउ मोटो बनाउनका लागि दबाव दिइने गरिन्छ ।

मोटो हुनु सम्पन्नता, सुन्दरता र सुखको प्रतिक हो, भन्ने मान्यताका कारण त्यहाँका युवतीहरु सँधै मोटो रहने बारे सोच्छन् । त्यस देशको सामाजिक दृष्टिकोण नै यही बनेको छ । मोटी युवतीसँग बिहे गर्ने युवकको दाम्पत्य जिवन पनि सुखी हुन्छ भनेर मान्य चलन रहेको छ ।

उक्त देशमा हरेक वर्ष दुई महिनाको फिडिंग सिजन हुन्छ । उक्तअवधिमा ११ वर्षभन्दा माथिका किशोरीहरुलाई मोटो बनाउनका लागि उँटको दुध लगायतका खानेकुरा मनग्गे खुवाइन्छ ।

टिप्पणी लेख्नुहोस्