‘अनिच्छित गर्भ रोक्न’ प्राकृतिक गर्भनिरोधक विधी उपयुक्त
त्रिशुलीखबर
March 18, 2019


कहिले काहीँ अनिच्छित गर्भ रहन सक्छ । जो दम्पतीहरु यो चाहँदैन थिए, उनिहरुका लागि टाउको दुखाईको विषय बन्न सक्छ । यसबाट शारीरिक पीडा र मानसिक तनाव दुवै हुनसक्छ ।

हुन त अनिच्छित गर्भबाट बच्ने केही साधन तथा चिकित्सा विधीहरु उपलब्ध छन् । तर, ति विधीहरुको केही न केही साइड इफेक्ट रहन सक्छ ।

आफुले नचाहेको गर्भबाट बच्नको लागि प्राकृतिक गर्भ निरोधक विधिको प्रयोग गर्न सकिन्छ । यसको कुनै पनि साइडइफेक्ट हुँदैन । गर्भनिरोधक परिवार नियोजनको लागि अपनाइन्छ । गर्भनिरोधकको माध्यमले बच्चाको जन्ममाथि नियन्त्रण गराउँछ । गर्भनिरोधक सुझबुझको साथमा अपनाइने तरिका हो ।

यसको लागि विभिन्न तरिकाहरु छन् तर कृत्रिम गर्भ निरोधकभन्दा प्राकृतिक रुपले गर्भनिरोधक वीधि अपनाउनुका धेरै फाइदाहरु छन् । यसको सबैभन्दा महत्वपूर्ण फाइदा कुनै पनि साइडइफेक्ट नहुनु नै हो । यसबाहेक प्राकृतिक गर्भ निरोधक विधि प्रयोग गर्दा अन्य फाइदाहरु पनि छन् ।

गर्भनिरोधकका अन्य उपाय– नचाहेको गर्भबाट बच्नको लागि अपनाइने सबैभन्दा प्रभावकारी तरिका गर्भनिरोधक चक्कीहरुलाई मानिन्छ । तर, यसका केयौं खतरनाक साइडइफेक्ट पनि हुन सक्छन् ।

यदि समयमै (यौनसम्बन्ध राखेको ७२ घन्टाभित्र) यसको प्रयोग गरिएन भने वा यी औषधिहरुको अधिक प्रयोग गर्नाले बाँझोपनको समस्या पनि हुन्छसक्छ । त्यसैकारणले पनि प्राकृतिक गर्भनिरोधकलाई जन्ममाथि नियन्त्रणको लागि सबैभन्दा राम्रो तरिका मानिन्छ ।

औषधी वा अन्य गर्भनिरोधकको तुलनामा प्राकृतिक गर्भनिरोध धेरै प्रभावकारी हुन्छ । चीनमा भएको एक अध्ययनले प्राकृतिकरुपले अपनाइएका गर्भनिरोधक प्रभावकारी हुने सम्भावना ९७ देखि १०० प्रतिशत हुने देखाएको छ । अर्थात्, यो पूर्णरुपले सुरक्षित तरिका हो ।

यस्ता छन् प्राकृतिक गर्भनिरोधकका फाइदाः

स्तन क्यान्सरबाट बचाउँछ– हालै गरिएका केही अध्ययनहरुलाई मान्ने हो भने गर्भनिरोधको लागि प्रयोग गरिने चक्कीहरुको अत्यधिक सेवन गर्नाले स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

प्राकृतिक गर्भनिरोधक विधिको प्रयोगले यसप्रकारको कुनै खतरा हुँदैन । अर्थात यसले तपाईंलाई ब्रेस्ट क्यान्सर जस्ता प्राणघातक रोगहरुबाट बचाउँछ ।

यौन क्षमतामा असर गर्दैन– गर्भनिरोधक चक्कीहरुको प्रयोग गर्ने महिलाहरुको यौन क्षमता पनि प्रभावित हुने र यौन सम्बन्ध प्रति उनीहरुको रुची समाप्त हुनेछ ।

तर, प्राकृतिक गर्भनिरोधक विधि अपनाउने हो भने यस्तो समस्या आउने छैन । अर्थात्, यसको प्रयोगले तपाईंको यौन क्षमतामा कुनै कमी आउँदैन ।

प्राकृतिक गर्भनिरोधक विधि अपनाए तपाईंले भरपुरमात्रामा यौनसन्तुष्टी पाउन सक्नुहुन्छ ।

शरिर स्वस्थ हुन्छ– नचाहेको गर्भमाथि नियन्त्रणको लागि यदि तपाईं पनि चक्कीहरुको प्रयोग गर्नुहुन्छ भने त्यसले स्वास्थ्यलाई असर गर्नसक्छ ।

कन्ट्रासेन्टिभ पिल्सको धेरै प्रयोगले टाउको दुख्ने, जीउ दुख्ने, अनिन्द्रा, भोक नलाग्ने जस्ता समस्या हुन थाल्छ ।

तर, प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्दा यस्तो हुँदैन ।

हार्मोन सन्तुलित हुन्छ– प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्नाले महिलाहरुलाई शरिरमा हुने हार्मोन परिवर्तनमा कुनै समस्या हुँदैन ।

तर, गर्भनिरोधक चक्कीहरुको प्रयोगले भने महिलाको महिनावारी पनि प्रभावित हुनसक्छ ।

धेरै सजिलो विधि– प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्न धेरै सजिलो छ । तपाईंले महिनावारीपछि आउने ओभ्युलेसन पिरियडको क्रममा भने यौन सम्बन्ध नराख्नुहोस् । यो भनेको महिनावारी भएको १२ देखि १९ दिनसम्मको अवधी असुरक्षित मानिन्छ । यीबाहेकका दिनमा तपाईंले जहिले पनि यौन सम्बन्ध राख्न सक्नुहुन्छ र आफूले नचाहेको गर्भबाट बच्न सक्नुहुन्छ ।

पूर्ण सन्तुष्टि प्राप्त हुन्छ– प्राकृतिक गर्भनिरोधकले यौन क्षमतालाई प्रभावित गर्दैन । तपाईं यो विधिको प्रयोगले आफ्नो यौन जीवनको भरपुर फाइदा उठाउन सक्नुहुन्छ । यसको प्रयोगपछि पार्टनरले पनि कहिल्यै तपाईंसँग गुनासो गर्ने छैनन् ।

पैसा लाग्दैन– गर्भनिरोधको लागि प्रयोग गरिने औषधिहरु किन्नको लागि तपाईंले हजारौं रुपैंया खर्च गर्नुपर्ने हुन्छ ।

तर, प्राकृतिक गर्भनिरोधकको सबभन्दा फाइदा यो पनि हो कि यसको प्रयोग गर्न पैसा खर्च हुँदैन ।

जिम्मेवारी महशुस– प्राकृतिकरुपले गर्भनिरोधकको प्रयोगले आफूले नचाहेको गर्भबाट छुटकारा मिल्ने मात्रै होइन यसले तपाईंलाई पार्टनरलाई जिम्मेवारीको महशुस पनि गराउँछ ।

यस कामको लागि केवल महिलाको मात्रै होइन पुरुषको पनि जिम्मेवारी हुन्छ । यो तरिकाको प्रयोग गर्दा तपाईं आफूले चाहेको बेलामा आमा बन्न पनि सक्नुहुने छैन ।

-एजेन्सीको सहयोगमा

टिप्पणी लेख्नुहोस्