यी ७ व्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुस्
त्रिशुलीखबर
March 18, 2019


हामीहरू आफुभन्दा सम्मानित व्यक्तिहरुलाई सम्मान स्वरुप नमस्कार गर्ने गर्छौ । सामान्यतया यो नेपाली संकार नै हो । हिन्दु धर्ममा नमस्कारको महत्व र अर्थ व्यापक पनि छ ।

भगवानलाई पुजा गर्दासमेत नमस्कार अनिवार्यरुपमा गर्ने गर्छाैं । यसकारण नमस्कारले केही न केही अर्थ त बोकेकै छ । नमस्कार हामीले जोकोहीलाई गर्देनौं । खासमा विशेष व्यक्ति वा व्यक्तित्व नमस्कारका भागीदार हुन्छन् । आफुले मान्नुपर्ने मानिसलाई नमस्कार गर्नु हाम्रो एक परम्परा हो ।

मानिस पहिलो भेटघाटमा पनि नमस्कार गर्छन् । तर, नमस्कार गर्दा केही कुरामा विशेष ख्याल गर्नुपर्छ । जस्तोसुकै अवस्थामा पनि यी ७ व्यक्तिलाई भने कहिल्यै नमस्कार गर्नु हुँदैन ।

यी व्यक्तिलाई कहिल्यै नमस्कार नगर्नुस्ः

मूर्ख मानिसः आचरण र व्यवहारका विषयमा कुनै ज्ञान नभएको व्यक्तिलाई नमस्कार नगर्नुनै बेस हुन्छ । उसले दिनसक्ने प्रतिकृयाले झन् आफैंलाई नकारात्मक प्रभाव दिने हुँदा नमस्कार गर्नु उचित हुँदैन । उसले गर्नसक्ने व्यवहार आफुप्रति नराम्रो भएको खण्डमा नमस्कार गर्ने व्यक्तिको भावनामा चोट पुग्न सक्छ ।

नुहाइरहेको व्यक्तिः नुहाइरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिँदैन । नमस्कार गर्ने र ग्रहण गर्ने दुवैलाई यस अवस्थामा अप्ठ्यारो हुन सक्छ ।

दौडिरहेको व्यक्तिः दौडमा रहेको व्यक्तिलाई नमस्कार गर्नु राम्रो हुँदैन । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ । जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने पनि हुन सक्छ । यस्तै, दौडिँदा उसले तपाईंले गरेको नमस्कार नदेख्न सक्छ । यसअवस्थामा तपाईंलाई मैले गरेको नमस्कार खेर गयो वा अपमान गर्यो भन्ने लाग्न सक्छ र मन खिन्न बनाउने छ ।

धनमा अंहकार गर्ने व्यक्तिः यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाई नमस्कार गर्दा पनि आफु लज्जित तथा अपमानित हुनुपर्ने हुनसक्छ । त्यसैले त्यस्ता व्यक्तिलाई नमस्कार नगर्दा राम्रो हुन्छ ।

खाेला तर्दै गरेको वा चिप्लाेमा हिँडिरहेको व्यक्तिः पानीमा पौडिरहेको व्यक्ति, खोला तर्दै गरेको व्यक्ति तथा चिप्लो बाटोमा हिँडिरहेको व्यक्तिलाई नमस्कार गर्नु हुँदैन । यसबाट उसको ध्यान तोडिन सक्ने । उसले नियन्त्रण गुमाउँदा ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु राम्रो मानिंदैन ।

जुठो परेको व्यक्तिः यदि कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ, त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाईदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिकस्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो सन्देश जाँदैन ।

टाढा रहेको व्यक्तिः आफुबाट दुरी केही टाढा रहेको व्यक्ति जसले नमस्कार गरेको नदेख्न सक्छ, त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो हुन्छ । किनकी उसले नदेखेमा नमस्कारको प्रतिक्रिया नदिन सक्छ र नमस्कार गर्नेलाई नराम्रो लाग्न सक्छ ।

टिप्पणी लेख्नुहोस्