साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपना अपुरै
त्रिशुलीखबर
March 22, 2019


काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारत बाधक बन्यो । नेपालको सपना अधुरै भएको छ ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ उपाधी जितेको छ । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको भएपनि २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि नेपाल पछाडी पर्यो । त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

पहिलो हाफ एक एकको बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि अञ्जु तामाङले तेस्रो गोल गरेन् ।

यो सँगै चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालको यस पटक पनि उपाधि जित्ने सपना चकनाचुर भएको छ ।

टिप्पणी लेख्नुहोस्