अक्षय कुमार अभिनित ‘केसरी’को बम्पर ओपनिङ
त्रिशुलीखबर
March 22, 2019


मुम्बइ । बलिउड स्टार अक्षय कुमार अभिनित चलचित्र ‘केसरी’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो फिल्मले पहिलो दिनमा २२ करोड भारतीय रुपैँया व्यापार गरेको छ ।

योसँगै सन् २०१९ मा सबैभन्दा बढी ओपनिङ कलेक्सन गर्ने फिल्ममा पनि केसरी परेको छ ।

यसभन्दा अघि रणवीर सिंह र आलिया भट्ट अभिनित फिल्म ‘गली बोइ’को नाम थियो । गली बोइले पहिलो दिनमा भारु १९ करोड ४० लाख कलेक्सन गरेको थियो ।

‘गोल्ड’ पछि ‘केसरी’ अक्षयको दोस्रो ठूलो ओपनर फिल्म बनेको छ । गोल्डले पहिलो दिनमा भारु २५ करोड २५ लाख कलेक्सन गरेको थियो ।

केसरीलाई भारतमा ३६ सय स्क्रिन र ओवरसीजमा ६ हजार स्क्रिनमा रिलिज गरिएको छ । ऐतिहासिक पिरियड ड्रामा फिल्म केसरीमा अक्षयको साथमा परिणिती चोपडा छिन् । फिल्मले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

टिप्पणी लेख्नुहोस्