काँग्रेस नेता सिटौला अस्वस्थ, आईसीयूमा राखेर उपचार हुँदै
त्रिशुलीखबर
March 22, 2019


काठमाडौं, ८ चैत्र । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि धुम्बाराहीस्थित हृयाम्स अस्पताल भर्ना भएका छन् ।

अचानक स्वास्थमा समस्या देखिएपछि शुक्रवार साँझ हृयाम्समा भर्ना भएका हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आईसीयूमा भर्ना गरिएको स्रोतले बताएको छ । उनको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइरालालगायतका टिम संलग्न छन् ।

टिप्पणी लेख्नुहोस्