पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजाय
त्रिशुलीखबर
March 23, 2019


एजेन्सी । पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।

गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ ।

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताएका छन ।

उहाँसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन ।

टिप्पणी लेख्नुहोस्